Gold
Bangad salyan

ओलीको बहिर्गमन छटपटी खसीको टाउको फिटीफिटी : बाबुराम भट्टराई

साउन १ काठमान्डौ – जनता समाजवादी पार्टीका नेता संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी ओलीलाई खसीको टाउकोको संज्ञा दिएका छन्। खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ।

ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ भट्टराईले भने। यस्तै आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो रहेको भट्टराईको टिप्पणी छ।

जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो उनले भने। केपी ओली बहिर्गमनपछि बालकोट पुगेर एमालेनेता माधव कुमार नेपालप्रति आक्रोश पोखेका थि। त्यस्तै ओली समूहका कार्यकर्ताले अहिले सडकमा विभिन्न तमासा गरिरहेका छन्। यसप्रति लक्षित गर्दै भट्टराईले यस्तो टिप्पणी गरेको पाईएको हो।