suekhet
bheriad

निर्मलाको हत्यारा पत्ता नलाग्ने गरि डीएनए परीक्षण गरिएको छ मानव अधिकार आयोग ,,

lekabesi

माघ १४ ,काठमान्डौ – निर्मला हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमुना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ। राष्ट्रिय मानवअधिकार आयोगले डीएनए नमुना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो।

मृतकको शरीरबाट डीएनए परीक्षणका लागि लिन पर्न ‘भजाइनल स्वाब सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो’ यसरि नमुना संकलन गरिएको हुँदा हत्यारा को हो भन्ने पत्ता लाग्दैन यो नमुना संकलन त्रुटिपूर्ण छ । प्रतिवेदनमा उल्लेख गरिएको छ

,यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो।अनुसन्धानका क्रममा वाई/एसटीआर प्रविधिबाट मात्र डीएनए परीक्षण गरिएको खुलेको छ।

सामान्यतया वाई-एसटीआर प्रविधिबाट डीएनए परीक्षण गर्दा वंश/समूह पहिचान गर्न सघाउ पुग्ने तर व्यक्ति पहिचान नहुने प्रतिवेदनमा उल्लेख छ। ‘हाल तीन किसिमका डीएनए परीक्षण प्रचलित छन्, अटोसोमल एसटीआर, वाई एसटीआर र माइटोकोन्ड्रियल सिक्वेन्सिङ’, प्रतिवेदनमा भनिएको छ, ।

‘कुनै पनि दुई व्यक्तिमा समान नहुने अटोसोमल एसटीआर अपराधी पहिचान गरिने मुख्य डीएनए परीक्षण हो, पुरुषमा मात्र हुने वाई एसटिआर जबरजस्ती करणी केसमा प्रभावकारी हुन्छ भने माइटोकोन्ड्रियल सिक्वेन्सिङ अत्याधिक बिग्रिएका नमुना परीक्षणमा महत्वपूर्ण हुन्छ ।

निर्मलाको हत्यापछि संकलन गरिएको ‘भजाइनल स्वाब’को नमुनामा महिला स्वाब र पुरुष बीर्य अलग–अलग गर्नुपर्ने भए पनि मिश्रित रुपमा नै परीक्षण गरेको खुलेको छ।जसबाट वंश/समूह छुट्याउने परीक्षण भएको तर व्यक्ति पहिचान नभएको प्रतिवेदनमा उल्लेख छ।

‘संकलिन भिजाइनल स्वाब नमुनामा महिला स्वाब र पुरुष बीर्य मिश्रित रहेको अवस्थामा महिला स्वाब र पुरुष बीर्य अलग गरी परीक्षण गर्नुपर्ने भए पनि मिश्रित रुपमै परीक्षण गरिएको पाइयो’, प्रतिवेदनमा थप भनिएको छ,।

‘जसबाट वंश–समूह छुट्याउने वाई एसटिआर परीक्षण सम्भव भयो तर अटोसोमल एसटीआर (जसले व्यक्ति पहिचान गर्छ) त्यो सम्भव नभएको पाइयो।’

त्यसैगरी प्रतिवेदनमा मचुल्का नै गलत तरिकाले उठाइएको उल्लेख गरिएको छ। ‘गम्भीर प्रकृतिका कर्तव्य गरी मारिएका शवको चिकित्सकीय जाँच गर्दा हरेक चोटपटकको विस्तृत विवरण अनिवार्य हुन्छ’,। प्रतिवेदनमा भनिएको छ, । ‘घटनास्थल तथा लाश जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा उल्लेख गरिएका लक्षणहरु मुख्य आधार हुन।

यो घटनामा आधारभूत तालिम तथा सामान्य ज्ञानका सिद्धान्तको प्रयोग आवश्यकता अनुसार प्रयोग गरिएको पाइदैन ।शव परीक्षण प्रतिवेदनमा हचुवाकै भरमा घाँटी अठ्याएर मारेको भनिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। ‘शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण हातले घाँटी अठ्याएको निक्र्यौल निकालिएको छ।

यस्तो निष्कर्षको लागि चाहिने पर्याप्त आधार प्रतिवेदन र फोटोमा उल्लेख गरिएका छन्’, आयोगको प्रतिवेदनमा थप भनिएको छ, ‘तथापि अन्य थप सम्भावित लक्षणहरु र लेखिएका लक्षणहरु समेत थप स्पष्ट नभएका कारण २४ घण्टाभित्र मृत्यु भएको भनी दिइएको राय कानुनी चिकित्सा विज्ञानका सिद्धान्तले पुष्टि गरेको पाइएन।

गत साउन १० गते कंचनपुरकि बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयको थियो जसको हत्यारा पत्ता अहिले सम्म फेला परेको छैन सरकारले अनगिन्ति प्रोसेस गरेको छ तर हत्यारा को हो भन्ने अझै पत्ता लागेको छैन निर्मला पन्तको हत्या छानबिनमा मानवअधिकार आयोगले कात्तिक २७ गते विज्ञ संलग्न समिति गठन गरेको थियो।

आयोगले तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४ बुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहितको बुझाइएको छ। विज्ञप्ति ,,