Gold
Bangad salyan

वाईसिएल नेपालद्वारा खोटाङमा सडक निर्माण देखि वृक्षरोपण सम्पन्न

साउन ९

Salyan

खोटाङ  वाईसिएल नेपालले देशव्यापी श्रम तथा उत्पादन दुई महिने अभियान अन्तर्गत खोटाङ जिल्लामा सडक, खेलमैदान र वृक्षरोपण जस्ता महत्त्वपूर्ण सार्वजनिक काम सम्पन्न गरेको छ।

वाईसिएल नेपाल खोटाङको पहल र समन्वयमा छापडाडाबाट अवरुद्ध सडक खण्ड निर्माण गरिएको छ भने गणेशटारमा नयाँ खेलमैदान निर्माण गरिएको छ।

साथै दोस्रो चरणको सामूहिक वृक्षरोपण कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ।

देशभरका स्थानीय तहहरूमा श्रमदान, बाध निर्माण, बाटो तथा पुल निर्माण, वृक्षरोपण लगायतका विभिन्न सार्वजनिक हितका कार्यक्रम सञ्चालन गर्दै आएको वाईसिएल नेपालले युवाहरूलाई सिर्जनात्मक काममा जोड्दै समुदायमैत्री विकासलाई अघि बढाउने लक्ष्य लिएको छ।

वाईसिएल नेपालले आगामी दिनमा पनि देशका हरेक जिल्लामा यस्ता उत्पादनमूलक र सार्वजनिक हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।