घरभित्र खाल्डो खनेर बोरामा लुकाईएको अवस्थामा १८ किलो सुन,
फागुन,२ काठमाडौं – कञ्चनपुरमा प्रहरीले सेतो प्लाष्टिकको बोरामा १८ वटा बिस्कुटफेला पर्यो ।
ति बिस्कुट सुन थिए कञ्चनपुरको पुनर्बास नगरपालिका,२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ लाग्यो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए ।
निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो । प्रहरी शंकास्पद घरमा गएर छापा हान्दा एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो ।
प्रहरीले त्यो माटोलाई खन्न सुरु गर्यो केहीपछि हरेक बिस्कुटलाई कालो कपडाले बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।
प्रहरीको अनुसन्धानबाट सुन भारतबाट ल्याएर लुकाईएको अनुसन्धान छ घटनामा संलग्न भनेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ अनुसन्धानलाई प्रहरीले अगाडी बढाएको छ ।