शिक्षक नियुक्त गर्दिने भन्दै १ लाख घुस ,

फागुन ११ , बुटवल – शिक्षक नियुक्ति गर्दिने भन्दै एक लाख घुस लिदै गर्दा कपिलवस्तुमा विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।
कपिलवस्तु नगरपालिका, १ स्थित मालटोलमा एक लाख घुस रुपैयाँ लिइरहेको अवस्थामा विजयनाथ चौवे पक्राउ परेको बुटवल कार्यालयका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।
जिल्लाको यशोधरा गाउपालिका ३ बसन्तपुरस्थित श्रीकृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समिति सदस्य हुन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
देशमा घुस लिईरहने ब्याक्ति पक्राउ परिरहेको बेला प्रधानमन्त्री ओलीले घुस दिनेलाई पनि पक्राउ गरिने बताएका छन्।
