गृहमन्त्री र आईजीपीले भेटे बम बिस्फोटका घाईतेलाई ,

फागुन ११, काठमान्डौ – ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भयको बम बिस्फोटमा परेका घाईतेलाई गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले भेट घाट गरेका छन्।

शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत घाइतेको स्वास्थ्य अवस्था बुझ्दै गृहमन्त्री थापाले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताए ।

एक जना बिस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

lekbesi

गृहमन्त्री थापा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षत्री अस्पतालमा पुगेर सुस्वास्थ्यको कामना सहित छिट्टै दोषी पत्ता लगायर कडा कारबाही गर्ने जानकारी दिएका छन ।