अख्तियार घुस प्रकरणका पाठकलाई भ्रष्टाचार मुद्दा दायर ,

Naumule

चैत १२ ,काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्व आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पठाक विरुद्द नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको आरोप छ ।

Gurvakot

घुसलिने पाठकविरुद्ध मंगलबार अख्तियारले नै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।

प्रवक्ता कोइरालाका अनुसार आयुक्त पाठक र घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको हो ।

न्यौपानेलाई प्रतिवादी बनाइएको छ।ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ। सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ।अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ ।

Bangad kupinde