suekhet
bheriad

गाउँपालिका स्तरीय तथ्यांक भर्ने कार्यशाला सम्पन्न ,

lekabesi

चैत २१ , नवलपरासी पश्चिम – नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक शिक्षक र लेखापाललाई बुधबार तथ्यांक भर्ने एक दिने कार्यशाला बेलाटारीमा सम्पन्न भएको छ ।

तथ्यांक भर्ने कार्यशालामा विद्यार्थी बिवरण, विद्यार्थीहरुको कक्षागत एवं विषगत औसत सिकाई उपलब्धि बिवरण, विद्यालय खुलेको दिन, पढाइ भएको दिन, विद्यार्थीहरुको औसत हाजिरी दिन, शिक्षकहरुको औसत हाजिरी दिन, शिक्षकहरुले लिएको औषत बिदा दिन, भौतिक र अन्य बिवरण भर्ने बारे जानकारी गराइएको थियो ।

गाउपालिका भित्र रहेका २३ सामुदायिक , ६ धार्मिक र १७ संस्थागत गरि ४६ विद्यालयको सहभागीता रहेको थियोे । प्रतापपुर गाउँपालिकाको शिक्षा शाखाको अायोजनामा सम्पन्न कार्यशालामा शाखा प्रमुख दधिराम शर्माले सहजीकरण गर्नु भएको गाउँ शिक्षा समितिका सदस्य अभिनन्दन सिंहले जानकारी दिनु भयो । त्यसैगरी गाउ शिक्षा समितिकै चक्रबहादुर कुशवाहा र रोहित पंजियाले प्राविधिक सहयोग गरेका थिए ।

अंगद यादव/नवलपरासी पश्चिम ,,