suekhet
bheriad

कर्णाली प्रदेश सरकारको हावाहुरी पिडितलाई एक करोड सहयोग ,,

lekabesi

चैत,२३ काठमाडौं – बारा र पर्साका हुरी प्रभावितहरुका लागि कर्णाली प्रदेश सरकारले एक करोड सहयोग गराउने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

गत आईतबार आएको आँधीहुरी बाट बारा र पर्सामा २९ जनाको ज्यान गएको छ।