जनमतले मनायो धोती दिवस
काठमाडौं – नेपालभरी टोपी दिवस मनाईरहदा भने जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ ।
काठमाडौंको माइतीघरलगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो ।
आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउतलगायत नेता माइतीघरमा सहभागी भएका थिए ।
उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भनेर हेप्न पाइँदैन’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो’लगायतका प्लेकार्ड देखाएका थिए ।
सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सबै जातजातिको आफ्नै भेषभूषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए ।
अहिले पनि एकल भाषाभाषी लाद्ने कोसिस भइरहेकाले त्यसप्रति सजग गराउनका लागि पनि धोती दिवस मनाएको उनले भनाई छ।
एक दशकयता जनवरी १ तारिखलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । त्यसैका विरुद्ध जनमतले पनि केही वर्षयता सोही दिनलाई धोती दिवसका रूपमा मनाउन थालेको हो । पुस १७