दाल भात तरकारी मोफसल टुरमा ,,

चलचित्र दाल भात तरकारीले विभिन्न ठाँउमा मोफसल टुर गर्न लागेको छ ।चलचित्र निर्माण पक्षका अनुसार चैत्र २५ गते बिर्तामोडबाट सुरु हुन लागेको मोफसल टुर वैशाख ४ गते पोखरासम्म चल्नेछ ।

चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्टको आयोजना हुनेछ ।

यो टुरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्काको साथमा गायिका जुनु रिजाल सहभागी हुनेछिन् ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, बर्षा राउतको पनि मुख्य भूमिका छ । सुदन केसीले यो चलचित्रको निर्देशन गरेका हुन् ।

lekbesi

यो चलचित्र वैशाख २० गते बाट हलमा रिलिज हुने छ चलचित्रको गीत भिजिट भिसाले दर्शको निकै मन जितेको छ अहिले नेपालि चलचित्र क्षेत्र निकै खस्किएको जानकारी छ चलचित्र दाल भात तरकारीले कति सम्म उपलब्धि हासिल गर्छ त्यो भने हेर्न बाँकी छ।