भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईविरूद्ध यौन उत्पीडनको आरोप ,,

वैशाख ७ ,काठमान्डौ – भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईविरूद्ध यौन उत्पीडनको आरोप लागेको छ।उनीविरूद्ध उनकी पूर्व जूनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी हुन्।
आफुमा लागेको आरोप प्रति प्रधानन्यायाधीश गोगोईले भनेका छन् । न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार गर्नका लागि यस्तो आरोप लगाइएको हो।

उनले न्यायपालिकालाई अस्थिर तुल्याउनको लागि षडयन्त्र भइरहेको प्रतिक्रिया दिए। यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडी कुनै शक्ति परिचालन भयर ममाथि यो आरोप अगाईएको गोगोईले दाबि गरेका छन्।

भारतीय संचारमाध्यमका अनुसार विभिन्न वेबसाइटमा खबर प्रकाशित भएपछि प्रधानन्यायाधीश गोगोईको अध्यक्षतामा सर्वोच्च अदालतमा तीन न्यायाधीश बैठक बसेका छन्।आरोप लगाउने महिलाले २२ न्यायाधीशलाई चिठी पठाएकी छन्। जसमा उनले प्रधानन्यायाधीशले यौन हिंसा आरोप लगाएकी छन्।एजेनसी ,,
