घरभित्र कुटेर शिक्षिकाको मृतु ,,

वैशाख १३ , काभ्रे – घरेलु हिँसाका कारण दैनिक महिलाको मृतु हुने गरेको पाईएको छ । आफ्नै घर आँगनमा जलाएको अवस्थामा सिरहाको कल्याणपुर नगरपालिका ८ कञ्चन मण्डलको मृत्यु भएको छ ।

तेसलगतै काभ्रेमा एक सिक्षिकाका आफ्नै घरमा मृत फेला परेकी छिन। स्थानीय महादेव प्राविकी २५ वर्षीय शिक्षिका सरिता दुलाल आफ्नै घरमा शुत्रबार बिहान ९ बजे उत्तानो परि मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गरेको छ ।

शरिरभरी निलडाम र मृतु सामान्य नभयको प्रहरीले बताएको छ । सरिताका श्रीमान् सुदिप दुलाल फरार रहेको हुनाले प्रहरीले खोजि तिब्र बनाएको छ । स्थानीय र आफन्तहरुका अनुसार सरिताको हत्या भयको जिकिर गरेका छन् ।

lekbesi

मृतक सरिता र जेठानीसंग बेला बेलामा विवाद हुने गरेको स्थानिले जानकारी गरेपछि प्रहरीले मृतकको ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जोठाजु केशव दुलाल र जेठानु संगिता दुलाललाई नियन्त्रणमा लिएको हो ।

मृतक सरिताको घाँटीमा गम्भीर चोट रहेको र शव पोस्टमापनको लागि अस्पताल पाठाईको जिल्ला प्रहरी प्रमुख रविराज खड्काकाले बताए । घटना गम्भीर रहेको हुनाले जिल्ला प्रहरी कार्यालय काभ्रेवाट डीएसपी दिपक गिरीको नेतृत्वमा टोली गएर अनुसन्धान सुरु गरेको छ ।