केन्द्रिय तथ्याङ्क विभाग भन्छ ९ लाख ८ हजार नेपाली बेरोजगार सबैभन्दा बढी पुरुष …
वैशाख १३ ,काठमाडौँ – केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा बेरोजगारीको डाटा निकालेको छ विभागका अनुसार बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ ।
१५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा छन् ।
बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको जनाइएको छ। तथ्याङ्कअनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगार छन्। ३ लाख ९७ हजार महिला बेरोजगार रहेको उल्लेख छ।
श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेको उल्लेख छ। जसमध्ये पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ। रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ।
रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन्। यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ।
श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको उल्लेख छ। श्रमशक्तिको औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ। पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ। ‘
जसअनुसार महिलाले पुरुषको तुलनामा औषत मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम कमाउँछन,’ प्रतिवेदनमा उल्लेख छ। तथ्याङ्क विभागले यो डाटा निकालेपनि नेपालि मुलुकमा अझै धेरै प्रतिशत बेरोजगारी भयको मान्न सकिन्छ , नेपालि मुलुकमा कुनैपनि रोजगार नहुँदा दिनहु सयौको संख्यामा नेपाली कामदार विदेश जान बाध्य छन्।