ट्रकले छात्राको ज्यान लिएपछि कैलाली तनावग्रस्त प्रहरी र प्रदर्शनकारीबीच झडप ,,

वैशाख १७ , कैलाली – कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना क्याम्पस पढ्ने छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शन कारी र प्रहरीबीच झडप हुँदा प्रदर्शकारी घाईते भएका छन् भने केहि प्रहरीपनि घाईते भयका छन् ।

प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि स्थानियले आक्रोशमा हुँदै ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् ।चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।