फेरी बढ्यो डिजेल र पेट्रोलको मूल्य ,,

वैशाख १९ ,काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ  । प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको छ ।

यो मूल्य आजरति १२ बजेबाट लागु हुने आयलनिगमले जानकारी गरेको छ ।आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ । मूल्य बढेपछि पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।

lekbesi