पत्रकार महासंघ अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने तयारीमा ,,

वैशाख २८ काठमान्डौ – सरकारले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा आपति जनाउदै पत्रकार महासंघले अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।

सरकारले मिडिया काउन्सिलमा अंकुस थापेको छ , स्वतन्त्र पत्रकारितामा सरकारले हस्तक्षेप गर्न खोजेर मिडिया काउन्सिल विधेयक संसदमा दर्ता भएको फिर्ता लिन पर्ने पत्रकार माहासंघ दाबि छ ।

अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने महासचिव रमेश विष्टले बताए ।

साथै सकारले सांसदमा दर्ता गराएको विधेयक हबहु कानुन बनेर आए नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले भोलिदेखि आन्दोलनमा उत्रिए बताए ।

अहिले सरकारलाई हामीले जानकारी गराएका छौ , आन्दोलनबाट पनि सरकारले बेवास्ता गरे हामी अन्तराष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँछौं बिस्टले भने ।

सरकारले ल्याएको विधेयक स्वीकार्य नहुने भन्दै उनले भने, ‘यदि यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने हामी नेपालका संचारकर्मीहरु यो कानुन मान्दैनौ ।

हामी यसको अवज्ञा गर्छौ । हामी कुनै हालतमा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हामी सम्झौता गर्दैनौं प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।