एसईईमा कम नतिजा आउँदा किशोरीले गरिन आत्महत्या ,,,,

Naumule

असरा १४ , काठमान्डौ – एसईईमा आफुले सोचेजस्तो नतिजा नआएको भन्दै चन्द्रागिरी नगरपालिका,१२ बलम्वु दुरसञ्चार नजिकै शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ,७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

Gurvakot

बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो ।महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।

सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ । पछिल्लो समय यता एसईईका कारण बालबालिकाले ज्यान गुमाईरहेका छन् यसमा सरकार अभिवाबक र सम्बन्धित निकाएको ध्यान जान जरुरि देखिन्छ।

Bangad kupinde