नेपालमा कांग्रेसले कहिलेपनि लीड गर्ने अवस्था आउदैन प्रचण्ड दाहाल ,रंग दर्पण ,,
असार १४ ,काठमाडौँ – वर्तमान सरकारमा नेतृत्वको कमि भयो भने देशनै तहस नहस हुनसक्ने नेपाल कम्नियुस्ट पार्टी नेकापाका अध्यक्ष दाहाल प्रचण्डले बताएका छन् ।
कम्नियुस्ट पार्टीले अहिले देश हाकी रहेको छ कम्युनिस्ट नेतृत्वको सरकार असफल भयो भने देश ठुलो संकटमा पर्ने दाहालको धारणा छ ।देशको सिस्टमपनि बिग्रने भयको हुनाले सबैले बुझ्न पर्ने प्रचण्डले बताए ।
राष्ट्रिय सभागृहमा शनिबार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
कम्नियुस्टको सरकार चलिरहेको बेलामा विपक्षि पार्टीले दाउ हरेको तर त्यो कहिले सफल नहुने दाहालको दाबि छ। कांग्रेसले पार्टी फुटे हुन्थ्यो र देशमा केहि चहलपहल गर्न पाईन्छकि भनेर न सोच्दा हुन्छ ।
कार्यक्रममा सहभागी कांग्रेस नेता कृष्ण सिटौलालाई इंगित गर्दै दाहालले भने अब कांग्रेसले लीड गर्ने स्थिति कहिले नेपालमा आउदैन।
पार्टी सुदृढ पार्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने आफूहरु (ओली र दाहाल) मात्रै वा नेपाल कम्युनिस्ट पार्टीको मात्रै असफलता नहुने उनले बताए।पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कम्युनिस्ट पार्टी सकिएमा अब कम्युनिस्ट आन्दोलन यो स्तरमा नउठ्ने बताए।
‘हामीले पार्टी एकता गर्यौं, एकता गरेर असफल भइसकेपछि कम्युनिस्ट आन्दोलन यही रुपमा उठ्न सायदै सम्भव हुन्छ’, उनले भने, ‘बरु दुइटै पार्टी भइदिएको भए एकले अर्कोलाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो। अब सम्भावना छैन। सिद्धियो भने दुइटै एकैचोटी सिद्धिन्छ।
पार्टी निर्माण, सरकार सफल पार्ने, जनताका आकांक्षाहरु सम्बोधन गर्ने प्रक्रियामा राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा पार्टीको सबै पंतिको समान बुझाइ, चिन्ता र सामूहिक मेहनत भएन भने दुई नेता असफल हुने खतरातिर जाँदैन भन्न नसकिने दाहालको भनाइ थियो।
नेपालमा ठुला ठुला राजनीतिक घटना पहिले पनि भएका थिय। फेरिपनि दोहोरिन सक्छन देशमा ठुला राजनीतिक घटना भएपनि तेस्को दोषी पत्ता लगाउन नसकीएको समेत दाहाल प्रस्ट पारे।
राजदरबार हत्या काण्ड , मदन भण्डारी काण्डको दोषी पनि अहिले सम्म पत्ता लगाउन नसकीएको दाहालले भने पछिल्लो समयमा देशमा सरकारबाट जनता असन्तुस्ट भयको समेत प्रचण्डले स्वीकारे ।
यस्तो अवस्थामा कार्यकर्ताले सहि उत्प्रेना र कार्य गर्नपनि आग्रह गरे ।नकारात्मक भन्दा सकारात्मक पक्षलाई लिएर गएमा आफूहरु पहाडै बोकेर हिँड्न तयार रहेकोपनि दाहालले दाबी गरे।