डा. गोविन्द केसी फेरी अनसन बस्ने ,,

रंग दर्पण १९ फागुन, काठमाडौं । पहिले पटक पटक अनसन बस्दै आइरहेका डा. गोविन्द केसी पुन फागुन २९ गतेदेखि अनसन बस्ने भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन् । उनको अनसन बारे बार बार सरकारले कहिले जायज त कहिले नाजायज भन्दै टिका टिपणी गरेको छ साथै सामाजिक संजालमा पनि भाईरल भयको थियो । उनले यसपटक प्रधानन्याधिश गोपाल पराजुली र पहिले को घटना बारेमा पनि अनसन बस्ने बताय ।

प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने उनको माग छ ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’