मप विश्वविद्यालय सुर्खेतमा चिट चोर्न नपाउँदा शिक्षकलाई धम्कि, भित्ता भरि चिट लेख्दै कपिमा सार्दै ,,

साउन १५ , सुर्खेत – विरेन्द्रनगर सुर्खेतको मप विश्वविद्यालयमा बेथितिका श्रृंखलालाई उत्पन्न भयको देखिन्छ। विश्वविद्यालयको इन्जिनियरिङ क्याम्पसका भित्तामा लेखिएका चिटले विश्वविद्यालयमा हलचल पैदा भएको छ ।

विद्यार्थीहरु शिक्षक प्राध्यापकहरुलाई धम्की दिँदै भित्तामा चिट लेख्ने र उत्तरपुस्तिकामा निर्धक्कसँग चिट सरेको फेला परेको छ ।यो घटना साउन ८ गतेको रहेको छ ।भित्ता भरि चिट ,,

गार्डमा बसेका सिक्षकलाई धम्कि दिने र बाहिर निक्लेमा नराम्रो हुने समेत विद्यार्थीले धम्कि दिने गरेको पाईएको छ ।

इन्जिनियरीङ केन्द्रीय क्याम्पसको परीक्षामा विद्यार्थीहरुले चिट चोर्दै लेख्दै परीक्षा हलभित्रै विद्यार्थीहरुले अपशव्द प्रयोग गर्दै गार्डमा बसेकाहरुलाई धम्की दिएको खबर बाहिरिएको हो ।

परिक्षा सकीएपछि ति विद्यार्थीको समूहले केन्द्रीय क्याम्पस परिसरभित्रै उपप्राध्यापकलाई घेरा हालेर ‘परीक्षा तेरोमात्रै ठेक्का हो ? गेट बाहिर निस्केपछि के हुन्छ थाहा पाउलास्’ भन्दै फेरि धम्कि सुद्द दिएका हुन्।

विद्यार्थीको धम्कीका कारण आफूहरु असुरक्षित भएको भन्दै इन्जिनियरिङ क्याम्पसका १६ जना शिक्षकहरुले परीक्षा सञ्चालनमा सहभागी नहुने र नपढाउने निर्णय गरेका छन् ।

विध्यार्थिलाई कारबाही नगरे काममा नफर्किने सिक्षकको सामुहिक नामावली ,,

ति विद्यार्थीलाई कारबाही नगरे सम्म आफु हरु काममा नफर्किने समेत सिक्षक हरुले जानकारी गरेका छन् काममा नफर्किने निर्णय गरेका १६ जना सिक्षकर प्राध्यापकहरुको सामुहिक निर्णयपछि दबावमा परेको क्याम्पस प्रशासनले उक्त घटना छानविन गर्न भन्दै सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्‍याे।

तर, समितिको बैठक औपचारिक रुपमा एकपटक पनि बस्न सकेको छैन । छानविन प्रक्रिया अगाडि नबढाएको र धम्की दिने विद्यार्थीहरुलाई कारबाही नभएको भन्दै छानविन समितिका दुई जना सदस्यले राजीनामा दिएका छन् ।

उपप्राध्यापकद्वय आशिष बराल र माधव रिजालले छानविन समिति सदस्यबाट राजीनामा दिएका हुन् । छानविन समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीका अनुसार पहिलो बैठकमा विद्यार्थी प्रतिनिधिलाई पनि बोलाइएको थियो, ।

तर उनीहरु उपस्थित नभएपछि बैठक बस्न सकेन । अब दोस्रो चरणमा सम्बन्धित उपप्राध्यापकसँग बयान लिइने छ । छानविन गर्ने क्रम जारी छ उनले भने ।क्याम्पस प्रमुख सोनालाल यादवले भने आफु आएपछि क्याम्पसम धेरै सुधार भयको र धम्किदिने विद्यार्थीलाई कारबाही गारिने उनले बताए।

हामि विद्यार्थीलाई दोषी देखिएमा कारबाही गर्छौं प्रहरीको जिम्मा भने लगाउदैनौ , बरु स्पेल गर्छौं उनले भने गलत कार्य गर्ने विद्यार्थीलाई हरेक वर्ष कारबाही गरेको रेकर्ड छ। मैले क्याम्पस प्रमुख समालेको १ वर्ष भयो धेरै कुरामा सुधार भयको छ ।

भित्तामा चिट कोरेको थाहा पाएलगतै आफुले परिक्षा भवननै फेरीदिएको यादवले बताए। कर्णालीको शैक्षिक विकासका लागि भन्दै २०६७ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भाको थियो ।

सुर्खेतमा विश्वविद्यालय संचालन गर्ने समयमा पनि विवाद आएको थियो ।मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय इन्जिनियरिङ क्याम्पसको प्रमुख सोनालाल यादव रहेका छन्।

उनले विद्यार्थीलाई कारबाही गर्न बाट पछि हटेको प्राध्यापकहरुले आरोप लगाएका छन् ।स्थानीयबासीका अनुसार भने ‘यस्ता घटना क्याम्पसमा विगतमा पनि भएका थिए, ।

हालका क्याम्पस प्रमुख ,,

तर क्याम्पस प्रमुखले कहिल्यै एक्सन लिएनन्, त्यसैले विद्यार्थीहरु छाडा साँढेजस्तै भएको बताउछन । यो घटना हुनु भन्दा पहिले पनि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुगेको थियो ।

विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन समेत चर्काएका थिय  ।

कम्प्युटर इन्जिनियरिङ आठौं सेमेष्टरका विद्यार्थी निकुन्ज पाण्डेक अनुसार भने पूर्णांकभन्दा बढी नम्बरको प्रश्नपत्र विद्यार्थीको हातमा परेपछि साउन ८ गते विद्यार्थी र उपप्राध्यापकबीच भनाभन भएको हो।

त्यो हामि स्वीकार गर्छौं ।परिक्षा शान्तिपूर्ण वातावरणमा नभई गार्ड बसेका हरुले विद्यार्थीलाई उल्टै त्रसित बनाएपछि त्यो परिस्थिति बनेको हो। हामि क्याम्पस सुधारको माग राख्दै रिले अनसनमा बसेका छौ पाण्डेले भने।

अन्य समाचारको लागि याँहा थिच्नुहोस ,,https://www.facebook.com/rangadarpan/