suekhet
bheriad

बालुवा निकाल्न खनेको खाल्डोमा परेर दुई जनाको मृतु पछि स्थानीयले लगाए भ्याकुमा आगो ,,

lekabesi

साउन २५ , धादिङ – अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा बनेका खाडलमा परि दुई जनाको मृतु भयको छ ।

गजुरी गाउँपालिका-६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर वडा न.७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको हो ।

दुवैजना बालुवाको गुजारा गरेर परिवार पाल्ने गर्दथे पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुबेर उनीहरुको मृतु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

,अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।

पिडितपरिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन पर्ने , उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही नगरे सम्म सव नउठाउने भन्दै स्थानीयले घटनास्थलमा नाराबाजी गरेका छन् ।