रविका समर्थक भन्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास,,

साउन ३२ , चितवन – चितवन प्रहरी कार्यालयमा रवी लामिछाने समर्थभन्दै ढुंगा मुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
ढुंगा मुढागरेपछि ५ जना प्रहरी घाईते समेत भएका छन् ।नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
बिना सर्त कुनै सोधपुछ नगरेरनै रविलाई छोड्ने भन्दै उनका समर्थकले शुक्रबार साँझदेखि चितवन प्रहरी कार्यलय अद्लातमा आन्दोलन गर्ने , ढुंगा मुढा गर्ने प्रहरीलाई गाली गर्ने गरेका थिय।
आज बिहानपनि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ ।
रविलाई सोधपुछको लागि चितवन आदलातले ५ दिन सम्म हिरासतमा राखेको छ ।उता पुडाशैनिले न्याय पाउनुपर्छ भन्दै चितवनमा पुडाशैनी समर्थकले अर्को विरोध आन्दोलन गरेका छन् ।
स्वतन्त्र छानबिन होस न्याय होस् भन्दै उनीहरु पुडाशैनिपक्षले आन्दोलन गरेको हो।
