चितवनमा ढुंगा मुढा गर्ने रवि समर्थक १० जना गिरफ्तार ,,

भदौ ८ , चितवन – चितवन प्रहरीले रवि लामिछाने समर्थकका १० जनालाई गिरफ्तार गरेको छ ।आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै प्रहरीमाथि ढुंगा मुढा गर्दा ४ जना प्रहरी घाईते भएका छन् ।
,प्रहरी चौकी अगाडी नाराबाजी गर्दै गर्दा प्रहरीले लाठि चार्ज संगै अश्रुग्यास पनि प्रहार गरेको पत्रकार स्शालिक्राम पुडाशैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।
आज अस्मिता कार्कीको बयान सकियको छ ।भोलि रवि लामिछाने र युवराज कंडेलको बयान अद्लातले लिने छ ।बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ।


लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछि लामिछाने सहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
पुडासैनी चितवनको एक होटलमा दुई साताअघि मृत अवस्थामा भेटिएका थिए। आत्महत्या गर्नुअगाडी पुडाशैनीको मोबाईलमा यौटा भिडियो फेलापरेको थियो।
उक्त भिडियोमा रवि लामिछाने युराज कंडेल अस्मिता कार्कीका कारण आफुले आत्महत्या गर्न बाध्य भयको खुलेको छ ।
तेसैको आधारमा प्रहरीले रवि सहित तीनजनालाई गिरफ्तार गरि हिरासतमा राखेको छ ।
