surkhet

बाबुराम भट्टराई पत्नी हिसिला यमी दुर्घटनामा परेपछि बीएण्डबीमा ,,

surkhet

भाद्र २३ , काठमान्डौ – समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् । ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि घाइते हिसिलालाई बीएण्डबी अस्पतालमा उपचार गरिएको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।शरीरमा घाउ चोट नदेखिए पनि टाउकोमा असर परेको चिकित्सकहरुले अनुमान गरेका थिए।

उनी पार्टी कार्यालयमा आइतबार दिउँसो एक बजे आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । स्कुटर हिसिलाकी सहयोगी एक जना युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

Dailekh
Gorkha

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर फेसबुकमा राखेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘हस्पिटलको बेडमा भेट्न आएकाहरुलाई म दुर्घटनामा परेको हुँ र ? भनेर सोध्दै हुनुहुन्थ्यो । अहिले त नर्मल अवस्थामा आइसक्नु भएको छ । उनलाई आजै डिस्चार्ज गरिने विश्वदीप पाण्डेले बताए।

salyan