surkhet

सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुनसक्दैन प्रचण्ड ,,

surkhet

भदौ २३ ,काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई नसहने परिवर्तन नचाहने ब्याक्तिहरुले नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रति क्रान्तिको गन्ध आउन थालेको बताएका छन् ।

२१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रम पार्टी मुख्यालयमा बोल्दै प्रचण्डले गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका हुन् ।

चिहानमा गईसकेको भूतप्रेत ल्याउदैमा त्यो कहिले बिउतिदैन र तेस्लाई वैज्ञानिकले पनि मान्दैनन बल्कि उल्टो आएर तेस्तो प्रेत आत्माले जिम्दो मान्छेलाई दुख दिने गर्दछ।

Dailekh

अध्यक्ष प्रचण्डले हिजोका निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जातोमा पिस्न दिन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गरे । ‘हजारौँ शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन दिइने छैन,’ उनको भनाई थियो ।

कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ । प्रचण्डले भने आफुहरुसंग कुनै कमीकमजोरी भय सच्याउन तयार रहेको समेत प्रचण्डले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, जनतालाई सकारात्मक परिणाम दिने, जनतालाई अझै राम्रोसँग परिचालन गर्ने, पार्टी एकतालाई बलियो बनाउने, पार्टीको वैचारिक लाइन अनुसार सांगठनिक विधिमा लगेर त्यसलाई बलियो पार्टीको रुपमा स्थापित गर्न जरुरी रहेको जिकिर गरे ।

Gorkha

सरकारले राम्रो काम गरेको चिन भन्ने जतापनि सुनिन्छ , हामीले राम्रो काम नगर्न खोजेको पन हैन जनताको अपेक्षा अनुसार काम नभयको हामि ध्यान केन्द्रित भएका छौ ,हामि सरकारमा बसेको पनि तेती भयको छैन ।

परिवर्तन र विकास भनेको बिस्तारै हुने कुरा हो यसमा सबैको एकताको जरुरि छ अब हामि देशभर जनताको अगाडी कार्यक्रम लगेर जानेछौ प्रचण्डले भने अब हाम्रो पार्टी एकताको काम पनि अन्तिम चरणमा पुगेको छ

कार्यक्रममा अध्यक्ष प्रचण्डले सुरेश वाग्लेलाई निस्कलंक, पारदर्शी चरित्र र नैतिक बल ठूलो भएको नेताको रुपमा स्मरण गरे । आफ्नो राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको बताउँदै जनयुद्धको तयारी र शुरु भइसकेपछि वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको जानकारी दिए ।

‘वहाँ जस्तो वैचारिकरुपमा स्पष्ट भएका मानिस नभएको भए जनयुद्ध युगान्तकारी तागतको रुपमा विकास हुन सक्दैन थियो होला,’ प्रचण्डले बताए ।२०५६ सालमा २०५६ सालमा वाग्लेको हत्यापछि जनयुद्धमा बलिदान दिनेको संख्या बढेको पनि प्रचण्डले स्मरण गरे । जब राम्रा मान्छे शहिद हुन्छन तब थुप्रै क्रान्तिकारीहरुलाई जन्माउने रहेछन्

‘जब वहाँको हत्या भयो, देशैभरी निकै ठूलो तरङ्ग आयो । हामीले विद्रोह शुरु गरेपछि ६ वर्षसम्म १५ सय भन्दा बढी मारिएका थिएनन् । वहाँको मृत्यु भएको खबर फैलिएपछि माओवादी जनयुद्धमा संलग्न हुनेको संख्या गुणात्मक रुपले वृद्धि भयो । बलिदानको लागि लाम लाग्ने, मर्न तछाडमछाड हुने र आफूलाई अग्रिम मोर्चा राख्न भन्दै देशभर लामबद्ध हुनथाले । प्रचण्डले भने।

salyan