विद्यालय कर्मचारीका सबै पेशागत संघ-संगठन एक हुनुको विकल्प छैन,उपाध्यक्ष कुमाई,रंग दर्पण ,

भदौ २३ , सुर्खेत – नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य राम प्रकाश कुमाईले विद्यालय कर्मचारीका सबै पेशागत संघ-संगठन एक हुनुको विकल्प नरहेको बताएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशकाे प्रथम परिषदलाई सम्बाेधन गर्दै सरकारकाे अन्य सेवामा काम गर्ने समान पदका कर्मचारीहरुलाई जस्तो सेवा सुविधा दिएको छ साेहि अनुसार विद्यालय कर्मचारीहरुलाई पनि सेवासुविधा दिलाउन विद्यालय कर्मचारीका सबै पेशागत संघ-संगठनहरु एकताबद्द भएर लड्नु पर्ने बताएका हुन् ।

कार्यक्रमकाे प्रमुख अतिथीकाे रुपमा उपस्थित भएका उपाध्यक्ष कुमाईले विभिन्न समुहमा विभाजन भई गरिने संघर्षबाट अाम विद्यालय कर्मचारीहरुलाई न्याय दिलाउन नसकिने कुरा अहिलेसम्मकाे अवस्थाले पुष्टि गरिसकेको बताउदै सकेसम्म सांगठनिक एकता गरेर जानुपर्ने यदि सांगठनिक एकता गर्न तत्काल सम्भव नभए कार्यगत एकता गरेरै भए पनि कडा संघर्षमा जानुपर्ने कुरामा जाेड दिए ।

शिक्षा संग सम्बन्धित सबै समस्याकाे समाधानका विषयमा सरकारसंग छलफल र सम्वाद गर्ने अाधिकारीक संस्थाकाे रुपमा नेपाल शिक्षक महासंघ नै भएकाले साेहि संस्था मार्फत विद्यालय कर्मचारीका समस्या समाधान गराउन ,नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षक महासंघको अाबद्दता लिएकाे बताउदै त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि/सेवासुविधाकाे प्राप्तिको बलियो संघर्ष गर्नकाे लागि नेपाल विद्यालय कर्मचारी युनियन र विद्यालय कर्मचारी संगठन नेपाललाई पनि शिक्षक महासंघमा अाबद्द हुन अाग्रह गरेका छन् ।

कार्यक्रम सम्बाेधनका क्रममा उनले कर्मचारीकाे न्युनतम तलब स्केल मासिक कार्यालय सहयागीकाे रु १९४८०, सह लेखापालकाे रु २६६१०, लेखापालकाे रु २८२०० र बाल विकास शिक्षिकाकाे रु २२०१० पुग्ने गरी बृद्धि गर्न सरकार संग माग गरेका छन् ।

साेहि कार्यक्रममा कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालय कर्मचारी परिषद कर्णाली प्रदेशका अध्यक्ष शान्तिनाथ याेगीले कर्णाली प्रदेशका केहि स्थानीय तहहरुले गत अार्थिक वर्षमा अाफु हरुलाई विभिन्न शीर्षकमा अनुदान दिई केही न्याय गरेकाे र याे अार्थिक बर्ष देखि संघीय सरकारले पूरा स्केल तलबभत्ता उपलब्ध नगराउदा सम्म सबै स्थानीयहरुले अाफ्नाे स्राेतबाट थप अनुदान उपलब्ध गराउनु पर्ने माग गरेका छन्।

श्रोत ,भिम प्रकाश ओली ,

कर्णाली प्रदेश नेपाल बिद्यालय कर्मचारी परिषद सचिव ,,