surkhet

काठमान्डौमा डेंगु परिक्षन गर्ने १२ जना चिकित्सकनै डेंगु बिरामी परेपछि ,,

surkhet

भदौ २३, काठमान्डौ – विभिन्न ६७ जिल्ल्ला हुँदै हाल अहिले डेंगुले काठमान्डौमा माहामारी लिने खतरा देखिएको छ ।डेंगुबाट विभिन्न जिल्लामा प्रभावितहरु दैनिक बाधको क्रममा छन ।

हाल सम्म डेंगुका कारण ५ जनाको ज्यान गैसकेको छ ।अहिले डेंगुको संकामा उपचार गराउने जाने जति आधामा डेंगु देखिन थालेको चिकत्सक बताउछन ।

आइतबार एकैदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता, टेकुमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, जसमध्ये १९४ जनामा संक्रमण भेटिएको सूचना अधिकृत रुपनारायण खतिवडाले जानकारी दिए ।

Dailekh

त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु संक्रमण फेला परेको थियो ।दैनिक ४ सयजनाभन्दा बढी बिरामी परीक्षण गराउन आउने गरेको र भदौ १५ यता आधा बिरामीमा डेंगुको संक्रमण फेला परेको उपचारमा संलग्न शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

डेंगुले चितवनका स्पतालपनि बिरामीले भरिभराउ छन् जबकी बैशाखदेखि साउनसम्म ५२८ जना बिरामीमा डेंगुको परीक्षण गरिएको थियो, जसमध्ये ८५ जनामा मात्र संक्रमण भेपछएको थियो ।

तर भदौ महिना यता भने डेंगुका बिरामी हवात्त बढेका छन् भदौ १ गतेदेखि २२ गतेसम्म २ हजार ६८० जनामा डेंगु परीक्षण गरिएको थियो । उनीहरु मध्ये १२ सयभन्दा बढीमा संक्रमण फेला छ ।

डेंगु रोगबाट संक्रमित २३ जनाको अस्पतालमा उपचार भइरहेको छ भने भर्ना भएका मध्ये १२९ जना उपचार गराएर घर फर्किसकेक छन् । अन्यलाई घरमा नै आराम गरेर नियमित औषधी खाना सल्लाह दिएर पठाइएको छ ।

Gorkha

जेठमा पूर्वको धरानबाट डेंगुले महामारीकै रुप लिएको थियो धरानमा अधिले सम्म डेंगु नियन्त्रण हुन सकेको छैन । अहले डेंगु विभिन्न जिल्लमा फैलीएको छ काठमान्डौ विभिन्न उपत्याकाबाट आएका विभिन्न बिरामीमा डेंगु देखिएको छ उनीहरुलाई विहान ८ बजेदेखि साँझ ६ बजेसम्म बिरामी हेर्दै आएका डा. पुनले दिनभरि नै बिरामीको चाप एकैनास हुने गरेको बताउछन ।

डेंगु रोगका बिरामीको उपचार गराउँदै आएका टेकु अस्पतालका चिकित्सकसहित १२ जना कर्मचारी पनि डेंगुबाट संक्रमित भएका छन् । अस्पतालका कन्सलटेन्ट फिजिसियन एक जना र मेडिकल अफिसर दुईजना सहित १२ कर्मचारीमा डेंगुको संक्रमण देखा परेको छ ।

उपचारपछि डेंगुबाट संक्रमित ६ जना कर्मचारी काममा फर्किसके पनि ६ जना भने अझै आराम गरिरहेका छन् । यस्तै मन्त्री, सांसद लगायत पनि डेंगु रोगका कारण विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराएरहेका छन् ।

डेंगु रोगका बिरामीको चाप बढेपछि टेकु अस्पतालले २ वटा ज्वरो क्लिनिक अर्थात ‘ज्वरो डेक्स’ सञ्चालनमा ल्याएको छ । ज्वरो आएर उपचार गराउन आउने बिरामीलाई उपचारमा सहजताका लागि हेल्प डेक्सका रुपमा ज्वरो डेक्स सञ्चालनमा ल्याएको सूचना अधिकारी खतिवडाले बताए ।

बिरामीको अत्यधीक चाप बढेपछि ओपीडी कक्षसमेत थप गरिएको उनले बताए । अहिले ४ वटा ओपीडी डेक्स सञ्चालन भइरहेको उनले बताए ।उपचार गराउन आउने बिरामीहरुले समयमा नै रगत, पिसाव लगायतका अन्य परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको गुनासो गरेका छन् ।

रगत परीक्षण कक्षमा जनशक्ति अभावका कारण काममा ढिलाइ हुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।अस्पतालमा ६ वर्षयताकै डेंगु रोगका बिरामी उच्च भए पनि यसलाई डेंगुको त्रासकै रुपमा लिन नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकृत खतिवडा बताउँछन् ।

विगतका वर्षभन्दा बिरामीको संख्या बढी नै देखा परे पनि उनले यसलाई चेतनाको वृद्धिले गर्दा मनोवैज्ञानिक असर देखिएको खतिवडाको तर्क छ ।ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको नियन्त्रण गर्नुपर्ने नजिक रहेका खाल्डा खुल्डी पूर्ण पर्ने खाडलमा पानि जम्ननदिने जस्ता कार्य निरन्तर गर्न चिकित्सक बताउछन।

salyan