अराजक तत्व र गणतन्त्र विरोधीको प्रतिवाद गर्नुस् : प्रचण्ड ,,

भदौ ३० , काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुर्व प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादी प्रवृत्तिप्रति जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् ।
जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।

जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै निमोठ्न वा मार्न सकिन्छ भनेर अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले नेता बोगटीलाई आफूहरुले जहाँ,जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ,त्यहाँ खटाउने गरिएको र उनले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गरेकाे स्मरण गरे ।तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् थिए।
उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेकपाकावरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको र उनको व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए।
