प्रचण्डले भने रेशम चौधरीको मुद्दा फिर्ता हुन्छ चौधरीहरुले न्याय पाउछन ,,
असोज ५ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् ।
टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढेको छ ।
मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन् ।जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।’
प्रचण्डले रेशम चौधरीको नाम बहने लिएनन तर टिकापुर् घटनाको नाम लिएपछि सिधै अनुमान लगाउन सकिन्छ कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ ।
उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर भनेर लिखित असहमति राखेको स्मरण गर्दै उनले भने,।
‘संविधान गतिशील दस्तावेज हो ,र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।प्रचण्डले अगाडी भने मा माओवादीको मान्छे जनयुद्द लडेर आको जनयुद्द हुँदै गर्दा कति धेरै हाम्रा कमरेड हरि झुठा मुद्दा लाएर अहिले पनि जेलमा छन् ।त्यो कुरा सम्जिदा मलाई धेरै पिडा हुन्छ ,उनले भने। ति झुटा मुद्दा पनि सबै अन्त्य हुने उनले जानकारी गरे।