surkhet

चीनका कम्युनिस्ट नेता फर्किए,नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध,,

surkhet

असोज ८ ,काठमान्डौ – काठमाडौंमा दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली बेइजिङ फर्किएको छ ।

तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका छन् ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफलले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको नेकपाले जनाएको छ ।

Dailekh
Gorkha

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी दुई पार्टीबीच भएको विचारको छलफल तथा अन्तरक्रियाले कम्युनिस्ट पार्टी सन्चालन तथा अनुशासनका विषयमा महत्वपूर्ण शिक्षासमेत नेकपा पंक्तिले पाएको बताएका हुन् ।

यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ ।

यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोसिस गरिनेछ । थापाको विज्ञप्तिमा भनिएको छ, ।

salyan