surkhet

कृषि विकास बैङ्क रकम चोरी प्रकरण बैङ्कका कर्मचारीको संलग्नता ११ जना पक्राउ ,

surkhet

असोज ८ , काठमान्डौ – कृषि विकास बैंकको सीस्टम ह्याक गरी अवैध रुपमा ४ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरे ।

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए।सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्ज्याक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो ।

त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि नियन्त्रणमा लिएकाको नाम भने गोप्य राखिएको छ ।कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो ।

Dailekh

जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।उनका अनुसार विगतको भन्दा फरक तरिका अपनाएर रकम निकालिएको छ । यसअघि नेपालमा २ किसिमका हृयाक भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने एटीएम हृयाक गरेर चिनियाँ हृयाकरहरुले नेपाल र भारतबाट रकम निकालेका थिए ।

Gorkha

‘कृषि विकास बैंकमा भने विशुद्ध नयाँ शैलीको अपराध छ,’ प्रवक्ता निरौलाले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’‘यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ,। फेरि बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज छ,अनुसन्धान भैरहेको छ ।

कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतले दाबी गरेको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो।

ग्राहकको रकम सुरक्षित

कृषि विकास बैङ्कमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैङ्कले जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको हो । यसकारण ग्राहकले कुनै चिन्ता लिनु नपर्ने प्रहरी र बैङ्क स्रोतको दाबी गरेको छ ।

salyan