टिकाको दिन निशुल्क बस सेवा संचालन गरिने, कँहा देखि कँहा सम्म ,
असोज १७ , काठमान्डौ – दसैंको टिकाको अवसरमा निशुल्क बस सेवा संचालन हुने भएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यात्रुका लागि टिकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी गरेको छ ।
७ वटा रुट निर्धारण गरी यात्रुलाई सुविधा दिइने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।सेनाले चक्रपथ र भक्तपुर खण्डमा यात्रुलाई सुविधा दिने छ । उनका अनुसार सेनाका परिवार, अवकास प्राप्त सेनाका परिवार, यात्रु सबैले यो सुविधा पाउने छन् । बिहानदेखि साँझसम्म यात्रुले सुविधा पाउने उनले बताए ।
यता सशस्त्र प्रहरीले भने नवमीदेखि एकादशी सम्म यो सुविधा दिने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार विभिन्न रुट बनाएर यात्रुलाई सुविधा दिइने छ ।
नेपाल प्रहरीले फुलपातीदेखि एकादशी सम्म निःशुल्क बस सेवा उपलब्ध गराउने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार यात्रुको भिडभाड बढी हुने ठाउँमा यो सुविधा उपलब्ध हुने छैन ।