Gold

सभामुख महरा पक्राउ ,

Naumule Migrate

असोज १९ , काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। यौन दुर्व्यवहारको आरोपितमा परेका महरालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यौन दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।

Naumule Badhipahiro