suekhet
bheriad

सल्यानको ढाेरपिपल वजारमा एक महिना भित्रै बत्ति बल्ने ,,

lekabesi

असोज २६ , काठमान्डौ – सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,११ काे केही भुभाग र वडा ७ को ढाेडपिपल वजार आस पासका क्षेत्रमा छिट्टै वत्ति वल्ने भएको छ ।केही समय उक्त क्षेत्रमा वत्ति जडान भए पनि प्राविधिक समस्याका कारण केही त्रुटि रहेकाेले लाइन बन्द गरिएको थियो ।

पुन लाइन मर्मत गरि सुचारु गर्नको लागि बनगाड कुपिण्डे नगर प्रमुख गाेविन्द कुमार पुन,विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरि,विद्युत शाखा सल्लिवजारका प्रमुख लाेकेन्द्र शाक्य,अन्य कर्मचारी,स्थानीय उपभोक्ता लगाएतको टाेलिले अाज स्थलगत अवलोकन समेत गरेकाे छ ।

लाइन थप मर्मत गरि उक्त क्षेत्रमा छिट्टै वत्ति सुचारु हुने नगर प्रमुख पुनले जानकारी दिनु भएको छ । ज्याला लगाएतको खर्च नगरले ब्यहोर्ने र आवस्यक थप सामान वितरण केन्द्रले व्यहोर्ने सुर्खेत वितरण केन्द्र प्रमुख िगरिले जनाउनु भएको छ ।

विद्युतिय तार,पाेल लगाएतको थप केही काम गरेर मात्रै पुन वत्ति सुचारु हुने जनाएको छ । नगर प्रमुखको ताकेता पछि पुन: वत्तिकाे काम अघि वढ्न थालेकाेे छ । नगर प्रमुख पुन आफै उक्त क्षेत्रको लाइन सुचारुकाे लागि प्राविधिक टाेलि सहित उक्त ठाउँकाे स्थलगत अवलाेकन गर्नु भएको छ ।