नयाँ मन्त्रीहरुको नामावली भोलि सपथ कार्यक्रम हुने ,

Naumule

मङ्सिर ४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूचीमा ६ जना मन्त्रि र ३ जना राज्यमन्त्री हटेका छन् ,जसको सट्टामा नँया मन्त्रिको आगमन हुने छ ।

प्रधानमन्त्रीले उपेन्द्र यादवलाई कानुन र भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा हेरफेर गरेका छन्।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, माेती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।

Gurvakot

स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । भट्टलाई श्रम मन्त्री बनाउने सम्भावना छ । यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ । विमलालाई राज्यमन्त्री बनाउने सम्भावना छ ।

नवनियुक्त मन्त्रिहरुको नामावली राष्ट्रपति कार्यालयमा बुधबार बुझाइएको छः नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी रहेकोपनि विशेष श्रोतले जानाकरी गरेको छ।

Bangad kupinde