प्रवासी नेपालीको प्रस्तुतिमा सिम्ताली मयुर नाच ,

मंसिर ६ ,सुर्खेत – सिम्ताली प्रवासी हरुले लोप हुदै गएको मयुर नाचलाई जगेर्ना गरेका छन् ,।नेपालमा निकै महत्वपुर्ण र फरक रुपमा प्रस्तुत हुने यो नाच अहिले लोप हुँदै गएको छ ।

नेपालका पुराना रितिरिवाज र संस्कार कला संस्कृति हराउदै गएको बेला भने कर्णाली प्रदेश सुर्खेत सिम्ताका प्रवासी युवा युवतीहरु यो मयुर नाचलाई बचाउन अघि बढेका छन् ।

,सिम्तादेखि रोजगारीको सिलसिलामा भारतको विभिन्न क्षेत्रमा पुगेर मजदुरी गरिरहेका सिम्ताका युवाहरु यो मयुर नाचलाई जोगाउन विभिन्न पहल गरिरहेका छन् ।

,प्रवासी नेपालि हरुले भर्खरमात्र विदाई गरिएको तिहारको देउसी भैलोमा पनि यो नाच सुर्खेत सिम्तामा प्रस्तुत गरेका थिए भने अहिले विभिन्न जात्रामा पनि यो मयुर नाच देखाउने गरेका छन् ,।

मयुर नाच समुहमा युवा युवतीले गरुवा लगाएर लाठीको कला देखाउदै नाच्ने गरिन्छ ।गरुवामा मयुरका प्वाँख सजाएर मयुरको जस्तै चालमा नाचिने हुनेहुँदा पनि यसलाई मयुर नाच भन्ने गरिन्छ ,।

यो मयुर नाच पूर्वी रुकुम देखि रोल्पा ,सल्यानमा पनि नाच्ने गरिन्छ तर अहिले भने यो नाच लोप हुँदै गएको बेला प्रवासी सिम्तालीले यो नाचको जगेर्ना गरेका हुन् ।

हालै मात्रपनि यो नाच सिम्ता गाँउपालिकाको ४ र ७ न. वडा र पातिहालना जात्रामा २२ जनाको समुहमा प्रस्तुत गरियको बलु राज सिम्तालीले रंग दर्पणलाई बताए ।

प्रवासी सिम्तालिले जगेर्ना र प्रस्तुत गर्ने गरेको यो मयुर नाचलाई जोगाउन सरकारले पनि आफ्नो तरफबाट सहयोग र बचाउ गरिदिए आफुहरु खुसिहुने र सम्पूर्ण नेपालिहरु खुसि हुने सिम्ताली प्रवासीहरु बताउछन  ।