कालापानीको नक्सामा प्रधानमन्त्री ओलीलाई शेर बहादुर देउवाले लगाए गम्भीर आरोप ,

मङ्सिर ७ ,काठमान्डौ प्रधानमन्त्री ओलीको सहमतिमा भारतले कालापानीको नक्सा सार्वजानिक गरेको शेर बहादुर देउवा आरोप लगाएका छन् ,।

देउवाले भनेका छन् भारतले कालापानीलाई आफ्नो नक्सामा राख्दापनि सरकार किन चुप छ ,प्रधानमन्त्री ओली कानमा तेल हालेर बसेका छन् ओलीको भारतसंग सम्झौता भएको छ ।

तेही भएर उनि बोल्दैनन उनले भने आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदै छ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई पोखरामा सम्बोधन गर्दै नेपालि कांग्रेसक सभापति शेर बहादुर देउवाले यस्तो आरोप लगाएका हुन्।

मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनगर गर्दै पोखरामा आयोजित शनिबार नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू-भाग भारतको नयाँ नक्सामा समेटिएर मात्र सार्वजानिक भएको बताए ।

सरकारले उच्चस्तरको कूटनीतिक पहल गर्नुपर्नेमा सरकार मौन रहेको बताएका थिए । छलफलको लागि पहल नगरेकाले नै भारतको नक्सामा ओलीको सहमति देखिएको उनको आरोप छ ।

साथै देउवाले भने यो सरकार भ्रस्ट सरकार हो ,जनतालाई कर लगाएर ढाड सेकाएको छ ,सरकार गठन भएको छोटो समयमै रवैया देखाएको छ उनले भने कास्की २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

पौडेलले जिते लोकतन्त्रकै जित हुने उनले बताए । वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराज मतदाताको रोजाइमा पनि परेको उनले बताएका छन् ।