suekhet
bheriad

कैलाली बोक्सी’ काण्डमा थप दुई जना समातिए,,

lekabesi

रंग दर्पण १ चैत्र कैलाली – केहि दिन अगाडी बोक्सी को आरोप लगायर कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि भएको कुटपिटको घटनामा हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरीसहित थप दुई जना पक्राउ परेका छन् ।
उनीहरुलाई घटनास्थलमा उपस्थित भएपनि कुटपिट हुँदा रोक्न नखोजी मौन समर्थन गरेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ परेका हुन् भने अन्य दुईले झाँक्रीलाई युवती खोज्न सहयोग गरेका थिए ।

उनीहरुलाई पक्राउ गरी मंगलबार बोक्सी आरोप कुसर तथा सजाय ऐन अन्तरगत ७ दिनलाई म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिय।यसअघि घटनामा संलग्न झाँक्री रामबहादुरसहित १८ वर्षीय किस्मती चौधरी र २४ वर्षीय स्मारिका चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।साथै पीडित राधालाई अहिले धनगढीस्थित एक महिला गृहमा राखिएको छ ।