Gold

एमालेका वडा अध्यक्षद्वारा प्रधानाध्यापकमाथि कुटपिट

फाल्गुन २९

Naumule Migrate

दाङ – दाङको घोराहीमा एमाले वडाध्यक्षले विद्यालय प्रधानाध्यापकलाई कुटपिट गरेका छन।

घोराही उपमहानगरपालिका-१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको हो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमाले वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए।

अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए।

तर प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेका थिए।

त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए।

पछिल्लो समय एमालेका कार्यकर्ता र निर्वाचित ब्याक्तीले सर्वसाधारणमा पनि कुट पिट गर्ने गरेका समाचार भिडियो आउने गरेका छन।

Naumule Badhipahiro