suekhet
bheriad

फेरी बढ्यो पेट्रोल र डिजलको भाउ ,

lekabesi

मङ्सिर १६ ,काठमान्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउमा लिटरको २ रुपैयाँ बढाएको छ । यो संगै पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।