उपनिर्वाचनको रिपोर्ट पेश गर्न पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डले बसाले बैठक ,

मङ्सिर १८ ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा पहिलो बैठक बसालेका छन् ,।उपनिर्वाचनमा पार्टीको प्रदर्शनबारे छलफल गर्न गम्भीर समिक्षा गर्ने भन्दै पार्टी कार्यालय धुम्बाराहीमा गम्भीर बैठक बसालेका हुन् ,।

पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले आजको बैठकले उपनिर्वाचनबारे सम्बन्धित कमिटीहरुलाई शीघ्र रिपोर्ट पेश गर्न निर्देशन दिएको जानकारी दिए ।

आगामी मंसिर २३ गते बिहान ९ बजे बस्ने सचिवालयको अर्को बैठकमा यसबारे थप छलफल र समीक्षा हुने उनको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए । आगामी बैठकले संगठनात्मक एकीकरणका बाँकी कार्यभार टुङ्ग्याउने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, अर्को बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जानकारी दिए ।