surkhet

श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबल फाइनलमा,

surkhet

मङ्सिर १९ ,पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ ।

Gorkha

बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो ।अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो ।

दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ । माल्दिभ्सलाई हराए नेपाल फाइनलमा पुग्ने छ । यसअघिको खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो ।

salyan