प्रमोद खरेल र राम लिम्बुको खुसिको क्षण,

मङ्सिर २२ ,काठमान्डौ – द भोईस अफ नेपाल सिजन टु को विजेता राम लिम्बु भएपछि कोच प्रमोद खरेल र विजेता राम लिम्बु सारै उत्साहित बनेका छन् ,। कोच प्रमोदको टिम बाट बिजेता राम लिम्बु र प्रमोदलाई भब्य स्वागत गरिएको छ ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम लिम्बु बनेका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।

प्रस्तुति र भोटिङ्गको आधारमा राम लिम्बु विजेता बनेका हुन् ,उनले विजेता बनेसँगै कार पुरस्कार पाएका छन् ।साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

lekbesi

काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो ।यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए ।