स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोसना ,

मङ्सिर २५ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गरेको छन ।
पदक विजेतालाई प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा बोलाएर स्वर्ण ,कास्य ,रजत जित्ने खलाडी र प्रसिक्षकलाई पुरस्कार घोसना तथा बधाई दिएका थिए।
,सरकारले खेल क्षेत्र र खेलाडीलाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्री ओलीले बताए ।खेलाडीले आफ्नो रेकर्ड आफै तोड्नु पर्छ भन्दै ओलीले खेलाडीको हौसला बढाएका थिए ।
जसमा खेलाडीको तालीले प्रधानमन्त्री निवास वालुवाटारमा सन्नाटा छायएको थियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् ।
भने एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।१३औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।
खेलको टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताएका हुन् । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ ।
यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो।पुरस्कार घोषणा र बधाई कार्यक्रम समाप्त पछि खेलाडी हरु संग प्रधानमन्त्रीले फोटो सेसन गरेका थिए। ,
