उधौली पर्वमा नेकपा अध्यक्ष प्रचण्डको सुभकामना ,यस्ता पर्वले अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहेको छ ,

मङ्सिर २६ ,काठमान्डौ – नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले उधौली पर्वको सुभकामना ब्यक्त गरेका छन्।

पर्व का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा प्रचण्डले सुभकामना ब्यक्त गरेका हुन् ।

किरात समुदायले उधौली तथा ज्यापू समुदायले योमरी पुन्हि (ज्यापु दिवस) पर्व आज विभिन्न नाच गान तथा भेष भुषा लगाएर मनाउने गरिन्छ।  ,भने योमरी खुवाउने गरिन्छ ।

विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको अध्यक्ष प्रचण्डले बताए ।

सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको प्रचण्डले बताए ।

सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र हाम्रो पार्टीको स्पष्ट रणनीति रहेको छ ।

नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन् ।

सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ उनले भने ।

यस पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु प्रचण्डले भने ।

यतिबेला किराती समुदायको सघन बसोबास रहेको नेपालका पूर्वी जिल्लामा मात्र नभई , हङकङ, बेलायत, ब्रुनाई, अमेरिका, जापान, दुबई, कतार, साउदी अरब, मलेसिया र भारतको सिक्किम, दार्जिलिङसहित काठमाडौं, ललितपुर र भक्तपुरमा समेत मंसिरे पूर्णिमा (उँधौली) धुमधामसाथ मनाउने गरिन्छ ।

प्रकृतिपुजक किरातीले सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) धुमधामसँग मनाउँछन् ।

अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने उँधौली कतै १५ दिन त कतै महिना दिनसम्म मनाउने गरिन्छ ।आज उनीहरुले साकेला नाच देखाउने गर्दछन।