विप्लवको कार्यकर्ता हुनुभन्दा त कारागार ठिक ,

Naumule

पुष ७ ,दाङ्ग – विप्लव नेत्रविक्रम चन्दका २१ जना कार्यकर्ताले विप्लवको बाटोमा हिड्नु भन्दा त कारागारनै आफुहरुको लागि राम्रो भएको बताएका छन् ।

चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन नभएर उनीहरुले कारागारनै रेजेका हुन्।

गत असोज ३० मा बैठकस्थल घेरा हालेर राजपुर गाउँपालिका ४ मगराइनाबाट पक्राउ गरिएका उनीहरुलाई जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि गिरफ्तार हुने डरले कारागार जान तयार रहेको बताए ।

बाहिर ठुलो संख्यामा प्रहरी परिचालन भईरहेको र आफुहरु फेरी गिरफ्तार हुने डरले आफुहर कारागारनै जाने निधो गरेको बताईएको छ ,।

Gurvakot

प्रहरीका अनुसार भने पक्राउ परेका २१ जनाले धरौटी रकम बुझाउन नसकेको हुनाले कारागार फिर्ता भएको र रकम बुझाए छुट्न सक्ने जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।

कारागार रोज्नेमा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द नेकपा महासचिव नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु छन् भने उनि संगै उच्च तहका नेता हुन्।

उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो।

साथै साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरी र विप्लव कार्यकर्ताबीच झडप हुने गरेको छ ।प्रहरीलेले कार्यकर्तालाई पक्राउ गर्ने र अदालतले धरौटीमा रिहा गर्ने गरिएको छ ।

 

Bangad kupinde