surkhet

मन्त्रि भट्टको एक कलले चिनी अद्योगी सम्पर्कमा आएर १० दिनमा पैसा दिने प्रतिवदत्ता ,

surkhet

पुस १६ ,काठमान्डौ – उखु किसान हरु बर्षौदेखि आफ्नो पैसा चिनी ओधोगिले नदिएको भन्दै काठमान्डौमा आएपछि सरकारले ध्यानाकर्षण गरेको छ।

उखु किसानको पैसा नतिर्ने उधोगीलाई पक्राउ गर्न गृहको आदेशपछि चिनी उद्योगीहरु आफै सम्पर्कमा आएका छन् भने तत्काल किसानलाई रकम भुक्तानी गर्ने समेत प्रतिवदता जनाएका छन्।

रिलायन्स, वाग्मती, महालक्ष्मी र श्रीराम सुगर मिलका मालिकले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेरै प्रतिबद्धता जनाएका हुन् ।

Dailekh

अन्नपुर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पनि सम्पर्कमा आइसकेको छन् । उखु मिलबाट भुक्तानी नपाएपछि पीडित किसान ११ दिनदेखि राजधानीमा आन्दोलनरत छन् ।

उनीहरुले वर्षौ वर्षबाट आफुनो उखुको पैसा चिनी मिल संचालकले नदिएको बताउदै आन्दोलन गरेपछि यो विषयमा गृहले तत्काल एक्सन लिएको छ ।

, उद्योगमन्त्री लेख भट्टका अनुसार रिलायन्स, वाग्मती, श्रीराम र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कमा छन् भने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल पनि सम्पर्कमा आएको उनले बताए।

Gorkha

सोमबारै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको भुक्तानी दिलाउन उद्योग र कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

गृहले बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न मंगलबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

गृहले प्रहरी मुख्यालयलाई ‘अत्यन्त गोप्य’ पत्र पठाउँदै चिनी उद्योग सञ्चालक राकेशकुमार अग्रवालसहित आधा दर्जन उद्योगीलाई पक्राउ गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखालाई बुझाउन निर्देशन दिएको हो ।

यही कारणले पक्राउ परिएला कि भन्ने त्रासमा उद्योगीहरू मन्त्रालयको सम्पर्कमा आएका हुन् ।

महालक्ष्मी अधोगले किसानको २० करोड भुक्तानी गर्न बाँकी छ,महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियाले पुस २५ भित्र सबै भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ ।

भनेको समयमा किसानलाई भुक्तानी नगरे कानुनी प्रक्रियामा गई कारबाही गरिने उधोग मन्त्री लेखराज भट्टले जानकारी दिए ।

salyan