सिके रावोत फेरी पनि पक्राउ

सिके रावोत लाई आज पनि पक्राउ गरियको छ ।पक्राउ किन गरियको भन्ने भरे कुनै जानकारी भने आयको छैन ,अस अघि पनि प्रदेस सभा र प्रतिनिधि सभाको चुनाब हुदा चनाव गति बिधि भाडेको भन्दै उनलाई प्रहरीले पक्राउ गरियको थियो। आज पनि उनि कोठा भित्र बसेर बाहिर बाट ताला लगायको अबस्थामा उनलाई पक्राउ गरियको छ।।

यसलाई पनि पढ्नुहोस

   दाङमा तीन दिनदेखि आमहड्ताल,

दाङ — पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ ।

आमहड्तालका कारण शुक्रबार पनि बिहानैदेखि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् । जिल्लाका मुख्य बजार र सडकमा निरन्तर प्रदर्शन भैरहेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन समेत गरेका छन् ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिबाट चल्दै आएको आन्दोलनको नेतृत्व बिहिबारदेखि राजजनीतिक दलहरुले गरेका छन् । केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दलहरु एकजुट भएर आन्दोलनमा होमिएका छन् ।

एमाले अध्यक्ष टिकाराम खड्का संयोजक, कांग्रेस सभापति किर्तीबहादुर खड्का सहसंयोजक र माओवादी केन्द्रका सहईञ्चार्ज निर्मल आचार्य सचिव रहेको सर्वदलीय संघर्ष समिति गठन गरिएको छ । अन्य राजनीतिक दल र पेशागत संघसंगठनहरु सदस्य रहेका छन् ।

समितिले आन्दोलनलाई राजमार्ग केन्द्रीत बनाएको छ । लामो समय अलपत्र परेका यात्रुलाई राती गन्तव्यमा जान दिएको र आज बिहान ४ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको संघर्ष समितिका सचिव आचार्यले जानकारी दिए । अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्ड ठप्प भएको छ ।

संघर्ष समितिले घोराहीमा हुने राष्ट्रियसभा निर्वाचन अवरोध गर्ने बताएको छ । अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद् र जिल्लाका उच्च तहका नेताहरुप्रति आक्रोशित भएका छन् ।

जनताको आक्रोश छल्न केही नेताले प्रेस विज्ञप्ती जारी गरेर सरकारी निर्णयको विरोध गरेका छन् भने केही आन्दोलनमै सरिक भएका छन् । माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले प्रेस विज्ञप्ती जारी गरी सरकारले विवेक सम्मत तरिकाले निर्णय गर्न नसकेको भन्दै आपत्ती जनाएका छन् । एमाले स्थायी समिति सदस्य एवं दाङ क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित शंकर पोख्रेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ती दिंदै आफैले बनाएको कार्यदलको सिफारिश विपरितका ठाउँलाई प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सिचाई मन्त्री दिपक गिरीले बिहीबारको कांग्रेस केन्द्रीय समितिको बैठक बहिस्कार गरेको बताएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाले दाङलाई अस्थायी मुकाम नतोकेकोमा असन्तुष्टी व्यक्त गर्दै बैठक बहिस्कार गरेको उनले बताए । कांग्रेसबाट जिल्लामा एक्लै प्रदेशसभा सदस्यमा निर्वाचित श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि सरकारको निर्णयप्रति असन्तुष्टी व्यक्त गर्दै आन्दोलनको समर्थन गरेका छन् ।