surkhet

अनेरास्वियुको केन्द्रीय कमिटीमा भागबण्डा ४२ ,३५ को को छन् ,

surkhet

पुस १९ ,काठमान्डौ – नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एकता टुंगो सकीएको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको विद्यार्थी संगठनबीच शुक्रबार राति सम्पूर्ण एकता टुंगिएको हो ।

अनेरास्वियूबाट संयोजक र अनेरास्ववियू क्रान्तिकारीबाट सहसंयोजक चुनिए पनि संगठनको सातमहिना अगाडीबाट एकता भने टुंगिएको थिएन।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले शुक्रबार राति ३३५ सदस्यीय र जिल्लाको नेतृत्व तय गरेका हुन्। केन्द्रीय कमिटीमा अनेरास्ववियूबाट १८० जना र क्रान्तिकारीबाट १५५ जना केन्द्रीय सदस्य छन्।

Dailekh

सात प्रदेश मध्ये २, ३ र कर्णाली प्रदेशको नेतृत्व क्रान्तिकारीले पाएको छ भने प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको नेतृत्व अनेरास्ववियूले गर्ने भएको छ।

७७ जिल्लाका संयोजकमध्ये ४२ मा अनेरास्ववियू र ३५ जिल्ला क्रान्तिकारीले लिने सहमति भएको छ। एउटा पक्षले संयोजक लिएको ठाउँमा अर्को पक्षले सहसंयोजकको जिम्मेवारी लिने पनि सहमति भएको छ।

एकीकृत अनेरास्ववियूको केन्द्रीय सचिवालय १११ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय बनाउने सहमति भएको छ। ४५ सदस्यीय स्थायी कमिटीबाट अनेरास्ववियू २४ र क्रान्तिकारी २१ जना हुने सहमति हुने भएको छ।

 

Gorkha

 

salyan